Rule 72
सूचना दिनु पर्ने
: (१) ऐनको दफा १४५ बमोजिम कुनै कारणले श्रमिकको सङ्ख्यामा कटौती गरिएको प्रतिष्ठान दुर्इवर्षभित्र पुन सञ्चालनमा आएमा वा श्रमिक कटौती गरिएको कुनै प्रतिष्ठानमा पुन श्रमिक थप गर्नु परेमा त्यस्तो प्रतिष्ठानले त्यसरी कटौती गरिएका श्रमिकलाई कम्तीमा पन्ध्र दिनको सूचना दिर्इ काममा बोलाउनु पर्नेछ।
(२) उपनियम (१) बमोजिमको सूचना राष्ट्रियस्तरको पत्रपत्रिका तथा विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन एवं प्रसारण गर्न लगार्इ मन्त्रालयको जब पोर्टल तथा प्रतिष्ठानको वेबसाइटमा कम्तीमा पन्ध्र दिनसम्म राख्नु पर्नेछ।
(३) उपनियम (१) बमोजिम प्रकाशित सूचना अनुसार प्रतिष्ठानको सम्पर्कमा आउने श्रमिकलार्इ प्रतिष्ठानले निजको योग्यता, अनुभव, कार्य क्षमता आदिको आधारमा छनोट गरी आवश्यक सङ्ख्यामा काममा लगाउन सक्नेछ।
(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिष्ठानले कार्यस्थलमा नयाँ प्रविधि जडान गरेको वा उत्पादन प्रक्रियामा परिवर्तन गरेको कारणले पुराना श्रमिकबाट कार्य सञ्चालन गर्न नसक्ने अवस्था भएमा वा श्रमिकको उमेर तथा शारीरिक अवस्थाको कारणबाट पुराना श्रमिकलार्इ काममा लगाउन नसक्ने भएमा नयाँ श्रमिक छनौट गरी काममा लगाउन बाधा पर्ने छैन।